एपिएफलाई पराजित गर्दै सरस्वती फुटबल क्लव सेमिफाइनलमा

कार्तिक १६ । सरस्वती फुटबल क्लव, काठमाडौं झापामा जारी सुरुङ्गा गोल्डकप प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । आजको खेलमा सरस्वती फुटबल, काठमाडौंले एपीएफ काठमाडौंलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान तय गरेको छ ।
खेलको ३३ औं मिनेटमा एपिएफका श्याम नेपालीले गोल गर्दै अग्रता लिए पनि ४०औं मिनेटमा सरस्वती फुटबल क्लबका अफ्रिकन खेलाडी इल्भिस पियर्सले गोल गर्दै बराबरी बनाएका थिए ।
प्रतिश्पर्धात्मक खेलको दोस्रो हाफको ३२ औं मिनेटमा सरस्वती फुटबल क्लबका दिपेश श्रेष्ठले गोल गर्दै सेमिफाइनल यात्रा पक्का गराएका हुन् ।
प्रतियोगितामा सरस्वती फुटबल क्लबका अफ्रिकन खेलाडी पियर्स म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिताअन्तर्गत सोमबार चर्च ब्वाइज युनाइटेड काठमाडौं र भुटान क्लियरिङ्ग फुटबल क्लब भुटान बीच प्रतिश्पर्धा हुने आयोजक सुरुङ्गा जेसिजले जनाएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.