(एन्फा)मा ब्यापक सुधार आवश्यक : बिष्ट

कार्तिक १५ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशब बिष्टले अखिल नेपाल फुटबल संघ (एन्फा)मा ब्यापक सुधार आवश्यक रहेको बताएका छन् ।
नेपाली फुटबलसँग सम्बन्धित बिभिन्न ब्यक्तिहरुले एन्फामा सुधारको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै सदस्यसचिव बिष्टले यथास्थितीमा एन्फालाई धेरै दिन राख्न नहुने बताए ।
 एन्फाका पूर्व उपाध्यक्षहरु कर्मा छिरिङ शेर्पा र बिजय मानन्धरसहित एन्फाका असन्तुष्ट पदाधिकारी तथा फुटबल प्रशिक्षक र पूर्व राष्ट्रिय खेलाडीहरुले आज एन्फामा सुधारको माग गर्दै ५ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
सदस्यसचिव बिष्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले एन्फामा भ्रष्टाचार, बिसंगती र अनियमितता बढेको भन्दै दोषीलाई कारवाही गर्न माग गरेका थिए ।
म्याच फिक्सिङ प्रकरणले नेपाली फुटबल जगतलाई नै बदनाम गरेको भन्दै उनीहरुले एन्फाका पदाधिकारी समेत त्यसमा दोषी रहेको जिकिर गरेका थिए ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.