बाह्रौ डिपो कप फुटबल मंसीर ११ देखी

मंगसिर ८।   बाह्रौ ललित अम्बर डिपो कप र दिलकुमार प्लेट च्याम्पियन मंसिर ११ देखी शुरु हुने भएको छ । पहिलो चरणमा पराजित हुने बिद्यालयहरु बीच प्लेट च्याम्पियन कपहुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
धरान १८ स्थित डिपो उच्च माविले प्रत्येक बर्ष आयोजना गर्दै आएको प्रतियोगितामा सुनसरीभरिका कक्षा ५ सम्मका १६ बिद्यालयले सहभागिता जनाउने भएका छन । प्रतियोगितामा १२ वर्ष मुनिका ४ फुट १० ईन्च उचाई भएका विद्यार्थीले मात्र खेल्न पाउने विद्यालयका प्राचार्य राजकुमार राईले जानकारी दिनुभयो ।
प्रावि स्तरीय प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको उत्पादन र खेलवाट स्वास्थ्य र अनुशासित बनाउने उदेश्यले प्रतियोगिताको सञ्चालन गर्दै आएको प्रतियोगिता संयोजक तथा विद्यालय व्यवस्थापन समितीका सदस्य भीमराज लिम्वुले बताउनुभयो । प्रतियोगितामा आयोजक डिपो स्कुल,हिम शिखर सेकेण्डरी स्कुल,सुनखरी एकेडेमी,नोबेल एकेडेमी,सगरमाथा रेसिडेन्सियल स्कुल,मेरीगोल्ड स्कुल,पुर्वाञ्चल क्षेत्रीय प्रहरी स्कुल,सृजना स्कुल,नवज्योति स्कुल,सिदार्थ स्कुल, लिगामेन्ट स्कुल,मेरील्याण्ड स्कुल,युनाइटेड स्कुल,होलील्याण्ड स्कुल,भिक्टोरी स्कुल, एस ओ एस स्कुलले सहभागिता जनाउने छन ।
प्रतियोगितामा प्रथम,दोश्रो,तेश्रो र प्लेट च्याम्पियन र प्लेट रनर–अप हुनेले नगद पुरस्कार क्रमशः ७ हजार,५ हजार,३ हजार र प्लेट तर्फ ३ हजार र २ हजार, ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन । प्रतियोगितामा करिव ३ लाख ११ हजार ४ सय १५ रुपैंया खर्च हुने अनुमान गरिएको छ 

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.