मंसिर २८ मा क्यानको चुनावी साधारणसभा

मंगसिर ८।  नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधारणसभा मंसिर २८ गते काठमाडौंमा हुने भएको छ ।
क्यानको काठमाडौंमा बसेको बैठकले मंसिर २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
यसअघि राष्ट्रिय खेलकुद परिषदले गत कार्तिकमा भैरहवामा हुने भनिएको साधारणसभा रोकेको थियो ।
यस्तै क्यानले यु–१९ राष्ट्रिय टिमका खेलाडीलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ । मलेसियामा भएको आइसीसी यु–१९ छनोट खेलमा सफलता हासिल गरेको टोलीलाई सम्मान गर्न लागिएको क्यानले जनाएको छ ।
नेपालले जनवरीमा बंगलादेशमा हुने विश्वकपमा सहभागीता जनाउँदैछ ।
त्यस्तै बैठकले यु–१९ टिमका प्रशिक्षक जगत टमाटालाई विश्वकपको तयारीसमेत गर्नेगरी दुई महिनाका लागि प्रतिमहिना २५ हजार रुपैयाँको विशेष सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।
बंगलादेशमा हुने विश्वकपका लागि राष्ट्रिय टिमको छनोटका लागि मलेसिया छनोटमा खेलेका १४ तथा वैकल्पिक ४ गरी १८ खेलाडीहरुसँगै प्रत्येक क्षेत्रका उत्कृष्ट खेलाडी छनोट गरी तीन टिम बनाएर मंसिर ११ गतेदेखि काठमाडौंमा डबल राउण्डरबिन लिग संचालन गरिनेसमेत क्यानले जनाएको छ ।
क्यानले आर्थिक अनियमिता गरेको आरोपमा डेढ वर्षसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निलम्बनमा परी सफाइ पाएका अध्यक्ष टंक आङबुहाङसहित १० जना सदस्यलाई पनि स्वागत गरेको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.