Responsive Ad Slot

ताजा समाचार

latest

अर्जेन्टिना र ब्राजिलले बराबरी खेले

Nov 15, 2015

/ by Unknown
कार्तिक २९ । विश्वकप फुटबल छनोट प्रतियोगिताअन्तर्गत् अर्जेन्टिना र ब्राजिलबीचको खेल बराबरीमा सकिएको छ ।

दक्षिण अमेरिकी छनोटको तेस्रो चरणअन्तर्गत् शनिबार बिहान भएको खेल १–१ को बराबरीमा सकिएको हो ।

खेलको ३४औं मिनेटमा इजेक्विल लाभेज्जीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । तर, दोस्रो हाफको ५८औं मिनेटमाब्राजिलका लुकास लिमाले बराबरी गोल फर्काए । यसपछि दुबै टोलीबाट कुनै गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

खेलको ८८औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै डेविड लुइज मैदानबाट बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो ।

यो बराबरीले ब्राजिललाई फाइदा पुगेपनि विश्व फुटबलको अर्को महारथी अर्जेन्टिनालाई धक्का लागेको छ ।

बराबरीसँगै छनोट तालिकामा ब्राजिल शीर्ष चारभित्र सुरक्षित छ । अर्जेन्टिना पुछारबाट दोस्रो स्थानमा छ  । ब्राजिलको ४ तथा अर्जेन्टिनाको २ अंक छ ।

यस्तै, अर्को खेलमा पेरु विजयी भएको छ । पाराग्वेलाई १–० ले पराजित गर्दै पेरुले छनोट खेलमा पहिलो जित दर्ता गर्‍यो । पेरुलाई विजयी गराउन जेफर्सनले निर्णायक गोल गरे ।

यी खेलपछि हालसम्म अपराजित इक्वेडर ९ अंकसहित शीर्ष स्थानमा रहँदा चिली ७ अंक बटुल्दै दोस्रो स्थानमा छ । यस्तै, ६ अंकको उरुग्वे तेस्रो स्थानमा छ ।
तस्वीरः एजेन्सी

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat