Responsive Ad Slot

ताजा समाचार

latest

नेपाल ओमानसँग ३ विकेटले पराजित

Nov 15, 2015

/ by Unknown
कार्तिक २९।  ओमानविरुद्धको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली ३ विकेटले पराजित भएको छ ।

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् पपुवा न्यूगिनीविरुद्धको खेल खेल्न युएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार ओमानविरुद्ध अभ्यास खेल खेलेको हो ।

आबुधाबीमा सम्पन्न खेलमानेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य ओमानले ४८ दशमलब १ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि शक्ति गौचनले ३, मेहबुब आलमले २ तथा विक्रम सोब र सागर पुनले समान १–१ विकेट लिए पनि टोलीलाइ जित दिलाउन सकेनन् ।

खेलमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ३ बल बाँकी छँदा सबै विकेट गुमाउँदै मात्र १ सय ८४ रन जोडेको थियोे ।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ७१ तथा कप्तान पारस खड्काले ४९ रन जोड्नुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

निकै खराब सुरुआत गरेको नेपालले स्कोर मात्र ९ रन हुँदा ओपनर सुवास खकुरेललाई गुमाएको थियो ।

२६ रनमा ३ विकेट गुमाइसकेको नेपालका लागि पारस र ज्ञानेन्द्रले चौथो विकेटका लागि ७७ रनको साझेदारी गर्दै टोलीलाई उकास्न खोजेपनि अरु ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा नेपाल सस्तैमा समेटिएको थियो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् आगामी सोमबार र बिहीबार नेपालले पपुवा न्यूगिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । 

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat