Responsive Ad Slot

ताजा समाचार

latest

लण्डनको क्लब एमसीसी आज नेपाल आउने, ६ खेल खेल्ने

Nov 13, 2015

/ by Unknown
कार्तिक २७।  लण्डनको बेरिलबोन क्रिकेट क्लब (एमसीसी) आज  नेपाल आउने भएको छ । एमसीसीको टोलीले नेपालमा ६ खेल खेल्नेछ, जसमा दुई खेल नेपालको सिनियर टीमसँग हुनेछ ।
नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति निकालेर एमएमसीको नेपाल भ्रमणको खेल तालिका सार्वजनिक गरेको छ ।
जस अनुसार शनिबार एमएसीले नेपाल ११ र इमर्जिङ यू-१९ का खेलाडीहरुको टीमसँग टी-२० खेल्नेछ । १६ नोभेम्बरमा पोखरा ११ सँग र १८ मा नेपाल ११ र इमर्जिङ यू-१९ का खेलाडीहरुको टीमसँग एकदिवसीय म्याच खेल्नेछ ।
नोभेम्बर २० मा नेपाल बी टीमसगँ अर्को एकदिवसीय खेल हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलेर फर्किएपछि एमएमसी र नेपालको सिनियर टीमबीच टी-२० र दुईदिवसीय खेल हुनेछ ।
नोभेम्बर २१ र २२ मा दुईदिवसीय हुनेछ । नोभरम्बर २३ टी-२० म्याच हुनेछ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat