लण्डनको क्लब एमसीसी आज नेपाल आउने, ६ खेल खेल्ने

कार्तिक २७।  लण्डनको बेरिलबोन क्रिकेट क्लब (एमसीसी) आज  नेपाल आउने भएको छ । एमसीसीको टोलीले नेपालमा ६ खेल खेल्नेछ, जसमा दुई खेल नेपालको सिनियर टीमसँग हुनेछ ।
नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति निकालेर एमएमसीको नेपाल भ्रमणको खेल तालिका सार्वजनिक गरेको छ ।
जस अनुसार शनिबार एमएसीले नेपाल ११ र इमर्जिङ यू-१९ का खेलाडीहरुको टीमसँग टी-२० खेल्नेछ । १६ नोभेम्बरमा पोखरा ११ सँग र १८ मा नेपाल ११ र इमर्जिङ यू-१९ का खेलाडीहरुको टीमसँग एकदिवसीय म्याच खेल्नेछ ।
नोभेम्बर २० मा नेपाल बी टीमसगँ अर्को एकदिवसीय खेल हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलेर फर्किएपछि एमएमसी र नेपालको सिनियर टीमबीच टी-२० र दुईदिवसीय खेल हुनेछ ।
नोभेम्बर २१ र २२ मा दुईदिवसीय हुनेछ । नोभरम्बर २३ टी-२० म्याच हुनेछ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.