सूर्य नेपाल गल्फको उपाधि रमेशलाई

मंगसिर १२।  सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको उपाधि रमेश अधिकारीले जितेका छन् ।

६७ पारको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न उपाधि भिडन्तमा नेपालका नम्बर एक व्यवसायिक खेलाडी शिवराम श्रेष्ठलाई प्लेअफमा हराउँदै रमेशले उपाधि जितेका हुन् ।

दुबैले तीन अन्डर पार दुई सय ६५ को बराबरी खेलेपछि ‘सडन डेथ’को पहिलो होलमाशिवरामले बुगी खेल्दा रमेशले बर्डी गर्दै करियरको तेस्रो मूख्य उपाधि जितेका हुन् ।

जितसँगै रमेशले ७० हजार रुपैयाँ पुरस्कार जित्दा शिवरामको भागमा ४४ हजार रुपैयाँ परेको छ ।

एक अन्डर पार दुई सय ६७ को स्कोर कार्डका साथ तेस्रो भएका भुवन नगरकोटीले ३२ हजार रुपैयाँ जितेका छन् ।

इभनपार दुई सय ६८ को स्कोर कार्डका साथ चौथो बनेका दीपक थापा मगरले २७ हजार रुपैयाँ हात पारेका छन् ।

साविक विजेता रवि खड्का, राम मगर र जयराम श्रेष्ठले भने समान दुई ओभर पार दुई सय ७० को स्कोर कार्डका साथ समान २१ हजार रुपैयाँ जितेका छन् ।

प्रतियोगितामा २९ व्यवसायिकसहित ३६ गल्फरले भाग लिएका थिए । 
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.