टोटनह्याम र लिभरपुल विजयी

मंसिर ११ । इंग्लिस क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपर युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको अर्को चरणमा प्रवेश गरेका छन् ।
समुह ‘बी’ अन्तर्गतको खेलमा फ्रान्सको बोर्डोलाई २–१ ले हराउँदै लिभरपुल शीर्ष ३२ टोलीमा परेको हो ।
उता समुह‘जी’ को खेलमा अजरबैजानको कराबागलाई १–० ले हराउँदै टोटनह्याम हट्सपर पनि अर्को चरणमा प्रवेश गरेको छ ।
यसैगरी युक्रेनको डिनिप्रोलाई ३–० ले हराउँदै ईटालीको लाजियो र जर्मनीको अग्सबर्गलाई ३–२ ले हराउँदै स्पेनको एथ्लेटिक क्लब पनि प्रतियोगिताको अर्को चरणमा उक्लिए ।
युरोपा लिग फुटबलअन्तर्गत गएराति समुहका पाँचौ चरणका खेल सम्पन्न भएका हुन् । पाँचौं चरणका खेलहरु सकिँदा कुल १५ टोली अर्को चरणमा पुगिसकेका छन् ।
अब अन्तिम चरणका खेलपछि थप ९ टोली अघिल्लो चरणमा पुग्नेछन् । शीर्ष ३२ का लागि बाँकी ८ टोली भने च्याम्पियन्स लिगको समुह चरणबाट आउनेछन् ।
च्याम्पियन्स लिगको समुह चरणमा तेस्रो हुने टोलीले युरोपा लिग खेल्ने अवसर पाउँछन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.