एन्फा विवादबारे छानविन गर्न राखेपद्वारा समिति गठन

मंसिर ११ । अखिल नेपाल फुटबल संघ (एन्फा)का विवादबारे छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्व सचिव प्रतापकुमार पाठकको संयोजकत्वमा पाँच सदस्यीय छानविन तथा सुझाव समिति गठन गरेको छ ।
समितिका सचिवमा राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापा छन् । यसैगरी सदस्यहरुमा महालेखा परीक्षककोकार्यालयका पूर्व निर्देशक उमेशप्रसाद ढकाल, कानुनविद् प्रवल शर्मा तथा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव रामबहादुर हमाल रहेका छन् ।
समितिलाई विशेषगरी चारवटा विषयमा छानविन तथा अध्ययन गर्न कार्यक्षेत्र तोकिएको छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले एन्फा अध्यक्ष गणेश थापालाई गरेको कारवाही तथा एन्फाको कार्यकारी समिति र अध्यक्ष थापाले गरेको निर्णयको वैधानिकता सम्बन्धमा छानबिन गर्नु समितिको मुख्य जिम्मेवारी रहेको छ ।
यसैगरी सिनियर राष्ट्रिय खेलाडीहरुको म्याच फिक्सिङ प्रकरण र १६ वर्ष मुनिका खेलाडीहरुको उमेर ढँटाई प्रकरणबारे पनि सत्यतथ्य बुझ्न समितिलाई भनिएको छ ।
यसैगरी एन्फामा भएको आर्थिक अनियमितता लगायतका विषयमा असन्तुष्ट पक्षले उठाएका मागहरुबारे पनि समितिले अध्ययन अनुसन्धान गर्नेछ । समितिलाई छानविन प्रतिवेदन र सुधारका लागि सुझाव पेश गर्न एक महिनाको समय दिइएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.