म्यानचेष्टर सिटी युभेटन्ससँग पराजित


मंगसिर १०।  म्यानचेष्टर सिटीलाई पराजित गर्दै युभेन्टस च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । हारका बाबजुत सिटी पनि अन्तिम १६ मा पुगेको छ ।
बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्टसले म्यानचेष्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसले १८ औं मिनेटमा मारियो मान्जुकिजको गोलबाट अग्रता लिएको थियो ।
६९ औं मिनेटमा सर्जिओ एग्युरोको स्थानमा मैदान छिरेका राहम स्टर्लिङले बराबरी गोल गर्ने मौका गुमाए ।
जितपछि युभेटन्सले ११ अंकका साथ समूह डीको शीर्ष स्थानमा उक्लिएको छ भने सिटीको ९ अंक छ र दोस्रो स्थानमा छ । समूह चरणको अन्तिम खेलमा युभेन्टसले सेभिल्ला र सिटीले बोरुसिया मानचाङलेबाचसाग खेल्नेछ ।
नकआउट चरणमा बार्यन म्युनिख, रियल मड्रिड वा बार्सिलोनासाग नखेल्ने सिटीलाई समूह विजेता हुनु पर्नेछ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.