यू–१९ विश्वकप क्रिकेटमा नेपाल कठिन परिस्थितिमा

मंगसिर १० । आगामी माघमा बंगलादेशमा हुने अण्डर–नाइन्टिन विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल कठिन समुहमा परेको छ ।
माघ १३ गतेदेखि बंगलादेशमा हुने प्रतियोगितामा नेपाल तीन वटा टेष्ट मान्यता प्राप्त राष्ट्रहरुको समुहमा परेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीलेनिकालेको खेल तालिका अनुसार नेपालको समुह डी मा न्युजिल्याण्ड, अष्ट्रेलिया र भारत रहेका छन् ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा माघ १४ गते न्यूजिल्याण्ड विरुद्ध खेल्नेछ । यसैगरी माघ १६ गते अष्ट्रेलियासँग खेल्ने नेपालले समुहको अन्तिम खेलमा माघ १८ गते भारतको सामना गर्नेछ ।
प्रतियोगितामा सहभागी १६ टोलीलाई चार समुहमा विभाजन गरी राउण्ड रोबिन लिगको आधारमा खेलाइनेछ ।
प्रत्येक समुहको विजेता र उपविजेता टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् भने क्वाटरफाइनलमा पुग्न नसक्ने आठ वटा टोलीले प्लेट च्याम्पियनसिप खेल्नेछन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.