राजनीतिक हस्तक्षेपमुक्त खेलकुद बनाउँछु : मन्त्री मण्डल

मंगसिर १०।  युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले आफ्नो पहिलो प्राथमिकता मुलुकको खेलकुद क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनु रहेको बताएका छन् ।

नेपाल ओलम्पिक कमिटीले मन्त्री मण्डललाई स्वागत गर्न बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री मण्डलले राष्ट्रकै प्रतिष्ठाकोरुपमा रहेको खेल क्षेत्रमा रहेको चरम राजनीतिक हस्तक्षेपकोअन्त्य नगरेसम्म वर्तमान समस्या समाधान नहुने उल्लेख गरे ।

उनले नयाँ संविधानअनुसार खेल क्षेत्रका लागि आवश्यक ऐन, कानुन संशोधन गर्दा सरोकारवालाहरुको माग र आवश्यकतालाई ध्यान दिने प्रतिबद्धता जनाए ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजनका लागि अर्थमन्त्रीले सकारात्मक प्रतिबद्धता जनाइसकेकाले बजेटको अभाव नहुने उनले ठोकुवा गरे ।

कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको अन्तर्राष्ट्रिय नियम र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बडापत्रअनुसार नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय संघहरुले स्वायत्तता पाउनुपर्ने बताए ।

कार्यक्रममा ओलम्पिक डेका अवसरमा सम्पन्न विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने बालबालिकाहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.