बार्सिलोना शीर्ष स्थानमा

कार्तिक २३ । नेयमारको शानदार गोलसँगै भिल्लारियललाई पराजित गरेको बार्सिलोना ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
इएल क्लासिको भिडन्त अघि रियल मड्रिडले सेभिल्लासँग ३-२ को अप्रत्यासित हार ब्यहोर्दा बार्सिलोनाले भिल्लारियललाई ३-० ले हराएको छ ।
नाउ क्याम्पमा भएको खेलमा भिल्लारियलले बार्सिलोनालाई पहिलो हाफ बराबरीमा रोकेको थियो । तर, ६० औं मिनेटमा नेयमारले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
७० औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै लुइस स्वरेजले अग्रता दोब्बर पारे । ८५ औं मिनेटमा ब्राजिलियन स्टार नेयमारले शानदार गोल गरे ।
दुई डिफेण्डरको बीचमा रहेका नेयमारले सुरुमा स्वरेजले दिएको पास छातीले कन्ट्रोल गरे । भिल्लारियलका फुल ब्याक कोष्ट बलतर्फ आउँदै गरेका देखेपछि उनले कोष्टको टाउको माथिबाट बल फि्लक गरे र उत्कृष्ट भली गोल गरे ।

नेयमारको यो गोलसागै बार्सिलोना ३-० ले विजयी भएको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसको ११ खेलबाट २७ अंक छ । दोस्रो स्थानमा झरेको रियल मड्रिडको २४ अंक छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.