पाकिस्तान विरुद्धको अभ्यास खेलमा नेपाल पराजित

कार्तिक २२ ।  नेपाल, पाकिस्तान विरुद्धको अभ्यास क्रिकेट खेलमा फराकिलो अन्तरले पराजित भएको छ ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्युगीनिविरुद्धको खेलको तयारीमा रहेको नेपालले टेष्ट मान्यता प्राप्त पाकिस्तानसँगको अभ्यास खेलमा १ सय २१ रनले हार व्यहोरेको हो ।
justify;">युएईको अबुधावीमा भएको खेलमा पाकिस्तानले दिएको ३ सय २७ रनको चुनौति पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रनमा समेटियो ।
नेपालका लागि अनिल मण्डलले ६१, ज्ञानेन्द्र मल्लले ४१ तथा सागर पुनले ३९ रनको योगदान गरे ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३ सय २६ रनको विशाल योगफल तयार पारेको थियो ।
उसका लागि कप्तान अजहर अलीले सर्वाधिक ७३ रन जोडे । सोइव मल्लिकले ६३ तथा मोहम्मद हाफिजले ४९ रन बनाए । नेपालका लागि बसन्त रेग्मीले २ विकेट लिए । पारस खड्का र सागर पुनले समान १-१ विकेट झारे ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्युगीनिविरुद्धको खेलका लागि युएई पुगेको नेपाल र पाकिस्तानबीचको अभ्यास खेलको चाँजोपाँजो आईसीसीले मिलाईदिएको हो ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.