Responsive Ad Slot

ताजा समाचार

latest

बेकह्यामले नेपाली बालबालिकासँग खेले फुटबल

Nov 7, 2015

/ by Unknown
विश्व फुटबलका स्टार डेभिड बेकह्याम काठमाडौं आएका छन् ।

बीबीसीले बनाउँदै गरेको डकुमेन्ट्रीको छायांकनका लागि शुक्रबार काठमाडौं आएका बेकह्यामले भक्तपुरमा बालबालिकासँग फुटबलसमेत खेले ।

विश्व चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम काठमाडौं आउने खबरले शुक्रबार एकाबिहानै काठमाडौंका फुटबलप्रेमीहरु उत्साहित बने ।
/>
टेलिभिजिनमा मात्रै देखेको विश्व प्रसिद्ध स्टार फुटबलर बेकह्यामलाई प्रत्यक्ष देख्न पाउने आशाले उनका प्रशंसकहरु दंग देखिन्थे । हुन त केहि समयअघि नै बेकह्याम नेपाल आउने निश्चित भइसकेको थियो । तैपनि कहिले भन्ने तय भएको थिएन ।

युनिसेफलाई सहयोग जुटाउन बीबिसीले तयार गर्न लागेको ‘सेभेन सेभेन सेभेन’ नामक डकुमेन्ट्रीका लागि बेकह्याम काठमाडौं आएका हुन् । 

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat