Responsive Ad Slot

ताजा समाचार

latest

ब्वाइज युनाइटेड सुरुंगा गोल्डकप च्याम्पियन

Nov 7, 2015

/ by Unknown
कार्तिक २१।  सुरुंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ ।

झापामा शुक्रबार सम्पन्न फाइनल खेलमा ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलको चौथो टोली झापा–११ लाई १–० ले हराउँदै उपाधि चुमेको हो । मध्यान्तरपछि सुमन लामाले गरेको गोल नै निर्णायक बन्यो ।

उपाधिसँगै ब्वाइज युनाइटेडले२ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेता झापा–११ ले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार जिते ।

झापा–११ का विशाल राई ‘म्यान अफ दी फाइनल’ हुँदा ब्वाइज युनाइटेडका खेलाडी सुमन लामा ‘म्यान अफ दी सिरिज’ घोषित भए । 

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat