पुर्वाञ्चल स्तरीय टेबुलटेनिस शुरु


कार्तिक २० ,गोपाल कामत  धरान   ।

कांगेसका संस्थापक नेता स्वर्गीय वीर गणेशमान सिंहको शतबार्षिकी मनाउने क्रममा हिजो बिहिबारदेखि धरानमा पुर्वाञ्चलस्तरीय टेबुलटेनिस प्रतियोगिता शुरु भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, सुनसरी क्षेत्र नम्बर १ समितिको आयोजनामा धरान १० स्थित कवर्ड हलमा तीन दिने प्रतियोगिता शुरु भएको हो ।
उद्घाटन समारोहका प्रमुख अतिथि एवं राष्ट्रिय खेलकुद समितिका पुर्व सदस्य सचिव बद्रीनाथ श्रेष्ठ र बिशेष अतिथि एवं कांग्रेस नगर सभापति किसोर राईले संयुक्तरुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा सुनसरी, मोरङ्ग, झापा र धनुकटा गरी ४ जिल्लाको सहभागीता रहेको छ । यी चार जिल्लाबाट कुल ३२ खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष एकल र महिला एकल स्पर्धामा पहिलो हुनेलाई नगद ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रो हुने दुई जनालाई १५ सय रुपैयाको दरले पुरस्कार दिइनेछ । यसैगरि, अण्डर १४ बोइज र गल्र्स सिंगलमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ३ हजार, २ हजार र एक हजार नगद पुरस्कार पाउनेछ भने मिक्स डबलतर्फको विजेताले पनि क्रमशः ३ हजार, २ हजार र एक हजार पाउने आयोजकले जनाएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.