Responsive Ad Slot

ताजा समाचार

latest

धरानमा पुर्वाञ्चल स्तरिय बक्सिङ छनौट प्रतियोगिता बिहिबार बाट सुरु हुने

Nov 6, 2015

/ by Unknown
गोपाल कामत धरान सुनसरी २० कार्तिक।

पुर्वान्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरि ‘पुर्वान्चल स्तरिय बक्सिङ छनौट प्रतियोगिता’ आज देखि धरानमा शुरु हुने भएको छ ।

धरान–९ स्थित कवर्ड हलमा हिजो आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद पुर्वान्चल क्षेत्रिय खेलकुद विकास समितिले बक्सिङ छनौट प्रतियोगिता धरानको भानुचौकमा हुने जानकारी गराएको हो ।

तीन दिवसीय वक्सिङ प्रतियोगितामा ७ जिल्लाका ३८ जना खेलाडीहरुले भाग लिने समितीका अध्यक्ष रविन नगरकोटीले वताउनुभयो ।

झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, उदयपुर, खोटाङवाट प्रतियोगिहरु प्रतियोगितामा सहभागि हुने उहाले वताउनुभयो ।

उहाकाअनुसार प्रतियोगितामा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५, ८१, ९१ र ९१ प्लस तौल भएका सहभागिहरुले भाग लिनेछन् ।  

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat