Responsive Ad Slot

टेनिसको उपाधि श्रीरामलाई

No comments

Dec 31, 2015

पुस १५ । पोखरामा सम्पन्न १३औं पोखरा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि श्रीराम मगरले जितेका छन् ।

फाइनलमा कमल भण्डारीलाई १–६, ७–५ र १०–७ को कठिन सेटमा पराजित गर्दै मगरले उपाधि जितेका हुन् । उपाधिसँगै मगरले नगद ५० हजार तथा उप–विजेता भण्डारीले २० हजार हात पारे ।

प्रतियोगितामा ३५ वर्षमाथिडबल्सतर्फको उपाधि आत्माराम कार्की र देवेन गिरीको जोडीले जित्यो ।

त्यस्तै, ४५ वर्षमाथिको एकलतर्फ प्रदीप शाहले राजु श्रेष्ठलाई पराजित गर्दै प्रथम स्थान हासिल गरे ।

४५ वर्षमाथिको डबल्सतर्फ अनिल तुलाचन र धरमबहादुर लामिछानेको जोडीले बाजी मार्‍यो । ५० वर्षमाथिको एकल फाइनलमा प्रदीप शाहले पृथ्वी थकालीलाई पराजित गरे ।

त्यस्तै, ५५ वर्षमाथिको एकलतर्फ विदुर विष्टले पेमा टासीलाई पराजित गर्दै उपाधि जिते ।

त्यस्तै, ५५ वर्षमाथिको डबल्समा कुमार मोहनबहादुर शाही र विदुर विष्टले प्रथम स्थान हासिल गरे ।

अफ्गानिस्तान र श्रीलंका तथा भारत र माल्दिभ्सबीच भिडन्त आज

No comments
पुस १६ । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज(बिहीबार) हुँदैछन् । भारतको केरलामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता अफ्गानिस्तान र श्रीलंका भिड्नेछन् ।
समुह चरणमा शत प्रतिशत विजयी नतिजा निकाल्दै समुह विजेता बनेको अफ्गानिस्तान उपाधिको मुख्य दावेदार टोली हो ।
उता समुह चरणमा नेपालमाथि १–० को जीत निकाल्दै सेमिफाइलनमा पुगेको श्रीलंका भने तुलनात्मक रुपमा सबैभन्दा कमजोर टोली हो ।
अफ्गानिस्तानका लागि यो अन्तिम साफ च्याम्पियनसिप हो । आगामी वर्षहरुमा अफ्गानिस्तानले दक्षिण एशिया छोडी मध्य एशीयाली समुहबाट खेल्नेछ ।
आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भारत र माल्दिभ्स भिड्नेछन् । समुह चरणमा लगातार दुई खेल जित्दै समुह विजेता भनेको भारत र अर्को समुहको उपविजेता मालिदभ्सबीचको खेल निकै रोचक हुने धेरैको अनुमान छ ।

साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल

No comments

Dec 28, 2015

 पुष १३।  भारतसँगको हारसँगै नेपाल साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली भारतसँग ४-१ ले पराजित भएको छ । समूह एबाट भारत विजेता बनेको छ भने श्रीलंका उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
केरालामा भएको खेलमा नेपालले तेस्रो मिनेटमा गोल गर्दै सुरुवाति अग्रता लिएको थियो । घरेलु टोलीविरुद्ध विमल घर्ती मगरले गोल गरे ।
नवयुग श्रेष्ठले वान भर्सेज वानमा हानेको बल बारमा लागेर फर्किएको बलमा बिमलले गोल गरे । यससँगै नेपालले ११ खेलमा गोलको खरेडी तोडियो ।

प्रधानसेनापति कप महिला फुटबलको उपाधि एपीएफलाई

No comments
पुष १३।  तेस्रो अन्तर्राष्ट्रिय प्रधान सेनापति कप महिला फुटबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बलको एपीएफ क्लवले जितेको छ । फाइनल खेलमा आयोजक नेपाल आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधी उचालेको हो ।
आर्मी अफिसर्स क्लबको फुटबल मैदानमा सम्पन्न खेलमा एपीएफलाई बिजयी गराउन अनिता बस्नेतर साबित्रा भण्डारीले १–१ गोल गरे ।
उपाधी बिजेता टोली एपीएफले नगद ३ लाख रुपैया पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता आर्मीले १ लाख ५० हजार रुपैयाँ मै चित्त बुझायो ।
प्रतियोगितामा नेपालका ८ तथा भारतका दुई गरी १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।

हात्ती फुटबलमा सिजीले जित्यो बुद्ध एयरलाई

No comments
पुष १३। चितवनको सौराहामा जारी १२ औं हात्ती महोत्सव अन्तर्गत आज ‘फास्ट वाक’ अन्तर्गतको खेलमा १० वटा हात्तीले दोस्रो चरण पार गरेका छन् ।
आज दुई चरणमा सम्पन्न खेलमा प्रत्येक समूहबाट एक÷एक हात्ती बाहिरिएका छन् ।
आजै भएको गाडा दौडमा १५ गाडा मध्ये ९ वटा गाडादोस्रो चरणमा प्रवेश गरेका छन् ।
त्यस्तै टाँगा दौडमा १२ वटा टाँगा सहभागी रहेकोमा ६ वटा दोस्रो चरणमा प्रवेश गरेका छन् ।
हात्तीका छावाहरुको फुटबल प्रतियोगितामा सिजीले बुद्ध एयरलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । भोलिको खेलमा प्रभु बैंक र नविल बैंकबीच प्रतिस्पर्धा हुने जनाईएको छ । यी दुई बीचको बिजेताले फाईनलमा सिजी फुडसँग प्रतिस्पर्धा गर्नेछ ।
महोत्सव अन्तर्गत भोलि हात्ती फास्ट वाक, गाडा, टाँगा र दौडका बाँकी खेलहरु पनि हुने छन् । गत वर्षबाट थप गरिएको हात्ती पिकनिक पनि भोलि नै हुने आयोजक क्षेत्रीय होटल संघले जनाएको छ ।

शनिबार राति भएका खेलहरुमा शिर्ष स्थानका क्लवहरु

No comments

Dec 27, 2015

पुष १२। इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलहरुमा शिर्ष स्थानका क्लवहरु लेष्टर सिटी र आर्सनल पराजित, अंक तालिकाको पहिलो स्थानमा रहेको लेष्टर सिटी लिभरपुलद्वारा १–० ले हराउदा दोस्रो स्थानको आर्सनललाई साउथह्याम्पटनद्वारा ४–० ले पराजित, म्यान्चेस्टर युनाईटेड स्टोक सिटीद्वारा २–० ले पराजित ।

आज नेपालले भारतको सामना गर्ने

No comments
पुष १२।  भारतको केरलामा जारी एघारौं साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले बलियो प्रतिद्धन्दी भारतको सामना गर्ने, यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा हुँदै,  समूह ए को अन्तिम खेलमा नेपाल र भारत खेलेसंगै सेमिफाइनल पुग्ने चारै टिमको टुङ्गो लाग्ने । माल्दिभ्स भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्न सफल, समूह ‘बी’को खेलमा लगातार दुई खेल जितेसँगै माल्दिभ्स सेमिफाइनलमा पुग्न सफल, पहिलो खेलमा भुटानलाई ३–१ ले हराएको माल्दिभ्सले दोस्रो खेलमा शनिबार बंगलादेशलाई ३–१ ले हरायो । 

खुला स्क्वासमा प्रवीणद्वारा अमृत पराजित

No comments

Dec 26, 2015

पुष ११।  प्रवीणवीरसिंह कंशाकारले अघिल्ला दुई संस्करणका च्याम्पियन अमृत थापा मगरलाई तेश्रो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको पुरुष सिंगल्समा शुक्रबार पराजित गरेका छन् ।
जितसंगै प्रवीण फाइनलमा पनि पुगे । अब फाइनलमा प्रवीणले अमृतका बुवा हीराबहादुर थापासंग शनिबार प्रतिस्पर्धा गर्ने छन् ।
सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको प्रतिस्पर्धात्मक सेमिफाइनलमा प्रवीणले अमृतलाई १३-११, ११-८, ५-११, ४-११ र १२-१० ले पराजित गरे । हीराले अर्को सेमिफाइनलमा अरहन्तकेशर सिंहलाई ११-७, ११-५, ५-११ र ११-८ ले हराए ।
महिला सिंगल्समा हीराकी छोरी कृष्णा थापा र भावना सुनवार उपाधिका लागि भिड्ने भएका छन् । कृष्णाले विपना ब्लोनलाई ३-२ तथा भावनाले सपना ब्लोनलाई ३-० ले पाखा लगाउदै फाइनल भेट पक्का गरेका हुन् ।
यु-१७ पुरुष सिंगल्समा अमिर ब्लोनले विजय मगरलाई ११-३, ११-२ र ११-५ तथा दीपक थापाले विक्रम मगरलाई ११-८, ११-२, ४-११ र ११-९ ले निराश पार्दै फाइनल यात्रा तय गरे ।
नेपाल स्क्वास र्‍याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको मास्टर्स ५० वर्षमाथि किशोर महर्जन र लालबहादुर गुरुङ फाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा किशोरले डा. कुलेश थापालाई ११-३, ७-११, ११-४ र ११-६ तथा लालबहादुरले प्रेम सिंहलाई ११-१, ३-११, ११-४ र ११-९ को सेटमा पाखा लगाए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

साफ च्याम्पियनसिपमा भारतले श्रीलंकालाई हरायो

No comments
पुष ११।  साफ च्याम्पियनसिप फुटबलमा भारतले श्रीलंकालाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा आयोजक भारतले श्रीलंकालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
यससँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना निकै कमजोर भएको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपालले समूह चरणको अन्तिम खेलमा अब भारतसँग खेल्नुपर्छ ।
अघिल्लो चरण प्रवेशका लागि उसले अब भारतलाई ठूलो अन्तरले पराजित गर्नुपर्छ, जुन त्यति सजिलो छैन ।
केरलामा भएको खेलमा भारतले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ५१ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका रोविन सिंहले ७३ औं मिनेटमा अग्रता दोब्बर पारे ।

प्रशान्त र दिपेश खुला लनटेनिसको फाइनलमा

No comments
पुष ११।  प्रशान्त बस्नेत र दिपेश केसी १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको यु-१४ ब्वाइज सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा प्रशान्तले सम्यकभूषण वज्राचार्यलाई ६-४ र ६-३ तथा दिपेशले सहर्ष बीबी चन्दलाई ६-० र ६-० को सोझो सेटमा पराजित गरे ।
मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा अदित सुवेदी यु-९ ब्वाइज सिंगल्स च्याम्पियन बने । उनले फाइनलमा आरभसम्राट हाडालाई ८-३ ले हराए ।
यु-१० ब्वाइज सिंगल्समा भने आरभ उपाधि चुम्न सफल भए । आरभले उपाधि भिडन्तमा अकी जुवेन रावतको चुनौती ९-७ ले समाप्त पारे ।
यु-१४ गल्र्स सिंगल्सको उपाधि इरा रावतले जितिन् । फाइनलमा इराले अभिलाषा विष्टलाई ६-४ र ६-१ ले हराइन् ।
प्रतियोगिताको अन्तिम दिन शनिबार यु-१८ ब्वाइज र गल्र्स तथा यु-१४ ब्वाइज सिंगल्सको फाइनल खेल हुनेछ ।
प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ४२ हजार रुपैयाँ रहेको छ । ५८ हजारको छुट्टै गिफ्ट ह्याम्परको पनि व्यवस्था छ ।

सूर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि भुवन नगरकोटीलाई

No comments
पुष १०।  धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जितेका छन् ।

पार ७० को निर्वाण कन्ट्री क्लब धरानको गल्फ कोर्षमा सम्पन्न प्रतियोगितामा नेपालका नम्बर १ गल्फर शिवराम श्रेष्ठलाई एक स्ट्रोकले पछाडि पार्दै नगरकोटीले उपाधि चुमेका हुन् ।

अन्तिम दिन तीन अन्डर पार ७० को स्कोर बनाएका नगरकोटीलेकुल चार अन्डर २ सय ६ को स्कोरकार्डका साथ उपाधिसहित एक लाख रुपैयाँ हात पारेका छन् ।

उपविजेता शिवरामले ६३ हजार रुपयाँ जित्दा इभन पार २ सय १० को स्कोरकार्डका साथ तेस्रो भएका सञ्जय लामाले ४५ हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, एमेच्योरतर्फ दुई अन्डर पार दुई सय आठको स्कोरकार्डका साथ धरानका शिवकुमार माझी पहिलो भएका छन् ।

प्रतियोगितामा ६ एमच्योरसहित २८ गल्फरले प्रतिस्पर्धा गरेका थिए । 

‘सूर्य नेपाल इष्टर्न ओपन गल्फ’को अग्रस्थानमा सञ्जय

No comments

Dec 24, 2015

पुष ९।  धरानमा सुरु भएको ‘सूर्य नेपाल इष्टर्न ओपन गल्फ’ प्रतियोगिताको पहिलो दिनको खेलमा साविक विजेता सञ्जय लामा अग्रस्थानमा देखिएका छन् ।
धरानस्थित निर्माण कन्ट्री क्लव एण्ड हेल्थ रिसोर्टको मैदानमा आज भएको खेलमा ३ अण्डर ६७ स्कोर खेल्दै लामाले अग्रस्थान ओगटेका हुन् । दोस्रो नम्बरका प्रोफेसनल गल्फरलामाले फ्रन्ट नाइनमा ५ अण्डर ३० को कार्ड बनाए भने ब्याक नाइनमा २ ओभर ३७ स्कोर खेल्दै अग्रस्थान सुरक्षित गरे ।
उद्घाटन खेलमा २ अण्डर ६८ स्कोर बनाउँदै धरानका गल्फर बलभद्र राई (मणि) दोस्रो स्थानमा छन् । राईले फ्रन्ट नाइनमा ३ ओभर ३८ को कार्ड बनाएका थिए भने ब्याक नाइनमा ५ अण्डर ३० को कार्ड बनाए ।
त्यस्तै, तीन दिवसीय खेलको सुरुवात खेलमा नेपालका नम्बर वान गल्फर शिवराम श्रेष्ठ र भुवन नगरकोटी समान १ अण्डर ६९ स्कोरका साथ तेस्रो स्थानमा छन् ।
प्रतियोगितामा २३ जना एमेच्योर खेलाडीहरु र २७ जना प्रोफेसनल खेलाडीहरु सहभागी छन् ।
नेपाल प्रोफेसनल गल्फ एसोसिएसनको आयोजनामा तथा सूर्य नेपालले प्रायोजन गरेको प्रतियोगिताको विजेताले नगद १ लाख, दोस्रोले ६३ हजार र तेस्रोले नगद ४५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

साफ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकासँग नेपाल पराजित

No comments
पुस ८ । भारतमा सुरु भएको ११ औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ ।
बुधबार केरलामा भएको उद्घाटन खेलमा नेपाल श्रीलंकासँग १–० ले पराजित भएको छ । अधिकांश समय बल नियन्त्रणमा लिए पनि गोलका एक दर्जन अवसर खेल फालेको नेपालले इन्जुरी समयको अन्तिम घडीमा गोल खाएको हो ।
खराब डिफेन्सको फाइदा उठाउँदै श्रीलंकाले गोल गरेको हो । यो हारले नेपालको सेमिफाइनल प्रवेशको सम्भावना कठिन भएको छ ।
अब सेमिफाइनलमा पुग्न नेपालले समूहको अन्तिम खेलमा आयोजक भारतलाई जित्नैपर्ने हुन्छ ।
यो हारसँगै नेपाल लगातार ११ खेलमा गोलविहीन बनेको छ । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा भारतलाई २–१ ले हराउने क्रममा नेपालले पछिल्लो पटक गोल गरेको हो ।
नेपाल र भारतबीचको खेल पुस १२ गते आइतबार हुनेछ । 
अंक तालिका :-

LAST FIVE MATCHES

HEAD TO HEAD

Nepal

Sri Lanka

Wins
1
2
2
Wins

BETTING & PREDICTIONS

Reader's Predictions

NepalNepal
Draw
Sri LankaSri Lanka
75%
22%

Top 3 Predictions

NepalNEP
2 - 0
Sri LankaSRI
NepalNEP
0 - 0
Sri LankaSRI
NepalNEP
1 - 0
Sri LankaSRI
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat