वेष्टइण्डिजविरुद्ध अष्ट्रेलियाको फराकिलो जित

मंगसिर २६।  वेष्टइण्डिजविरुद्धको पहिलो टेष्टमा अष्ट्रेलियाले एक इनिङ र २१२ रनको जित हात पारेको छ । यो वेष्टइण्डिजमाथि अष्ट्रेलियाको सबैभन्दा ठूलो टेष्ट जित समेत हो ।
होबार्टमा एडम भोग्स र सन मार्सले ४४९ रनको कीर्तिमानी साझेदारी गरेपछि अष्ट्रेलियाले पहिलो इनिङमा ५१३ रन बनायो । भोग्स र मार्सको साझेदारी चौथो विकेटका लागि सबैभन्दा ठूलो साझेदारी हो भने समग्रमा चौथो ठूलो पार्टरसीप हो ।
जवाफमा वेष्टइण्डिज २२३ रनमा अलआउट भयो । ६ विकेटको क्षतिमा बनाएको २०७ रनबाट तेस्रो दिनको खेल थोलेको वेष्टइण्डिज थप १६ रन जोड्दा अलआउट भयो । डारेन ब्राभो १०८ रनमा आउट भए भने अन्य कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् ।
२३० रनले फलोअनमा परेको वेष्टइण्डिज दोस्रो इनिङमा मात्र १४८ रनमा अलआउट भयो । क्रेग ब्रेथवेजले ९४ रन बनाए ।
इनिङको सुरुवात गरेका उनी अन्तिम व्याट्सम्यानका रुपमा पभेलियन फर्किए । जेसन होल्डरले १७ र जेरोमी टेलरले १२ रन बनाए भने अन्यले दोहोरो अंक समेत जोड्न सकेनन् ।
अष्ट्रेलियाका जेम्स पिटरसनले एक्लैले ५ विकेट लिए भने जोस हृयाजलउडले ३ विकेट हात परे ।
२६९ रन बनाएका एडम भोग्स म्यान अफ दि म्याच बने । दोस्रो टेष्ट २६ डिसेम्बरमा मेलबर्नमा सुरु हुनेछ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.