दक्षिण अफ्रिकाविरुद्ध भारतको विशाल जित

मंगसिर २२।  भारतले दक्षिण अफ्रिकाविरुद्धको ४ खेलको टेस्ट क्रिकेट श्रृंखला ३–० ले जितेको छ ।

सोमबार दिल्लीमा सम्पन्न चौथो तथा अन्तिम खेल ३ सय ३७ रनको विशाल अन्तरले जितेसँगै भारतले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट क्रिकेट श्रृंखला ३–० ले जितेको हो ।

४ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १ सय ४३ रनमैसमेटियो ।

श्रृंखलाअन्तर्गत् यसअधि भएको पहिलो तथा तेस्रो टेस्टमा भारतले बाजी मारेको थियो भने दोस्रो टेस्ट वर्षाका कारण बिना नतिजा टुंगिएको थियो ।

भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकाले यसअघि भएको ट्वेन्टी–२० तथा एक दिवसीय क्रिकेट श्रृंखला भने जितेको थियो ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.