अफ्रिकाले बनायो ७२ ओभरमा ७२ रन

मंगसिर २१।  भारतविरुद्धको चौथो तथा अन्तिम टेष्टको चौथो दिन दक्षिण अफ्रिकाले ७२ ओभरमा ७२ रन बनाएको छ ।
भारतले दक्षिण अफ्रिकासामू ४८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा दक्षिण अफ्रिकाले चौथो दिनको खेल सकिँदासम्म २ विकेट गुमाएर ७२ रन बनाएको छ ।
हसिम अमला २०७ बलमा २३ रन बनाएर खेलिरहेका छन् भने र एबी डिभिलियर्स ११ रनमा क्रिजमा छन् र, जितका लागि उसलाई अब ४०९ रन चाहिएको छ ।
ओपनर टेम्बा बाभिमाले ३४ र डीन अल्गरले ४ रन बनाए । दक्षिण अफ्रिकाको दुबै विकेट आर अश्विनले लिएका छन् ।
यसअघि ४ विकेटको क्षतिमा बनाएको १९० रनबाट चौथो दिनको खेल थोलेको भारतले ५ विकेटको क्षतिमा २६७ रन बनाएपछि इनिङ समाप्तीको घोषणा गर्दै ४८१ रनको लक्ष्य दिएको थियो ।
भारतका कप्तान विराट कोहली ८८ रनमा आउट भए भने रहाणेले दोस्रो पारीमा पनि शतक बनाए । उनी १०० रनमा अविजित रहे । पहिलो पारीमा पनि उनले शतक बनाएका थिए ।
दिल्लीमा भारतले पहिलो पारीमा ३३४ रन बनाएको थियो भने दक्षिण अफ्रिका १२१ रनमै अलआउट भएको थियो ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.