नेपाल क्रिकेट संघको सम्पूर्ण जिम्मेवारी कार्यकारी अधिकृत घिमिरेलाई

पुष ७।  राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)को सम्पूर्ण कामकारवाही कार्यकारी अधिकृत भावना घिमिरेलाई सुम्पिएको छ । क्यानमा देखिएको आन्तरिक विवाद समाधान नहुन्जेलसम्मका लागि भन्दै राखेपले सम्पूर्ण जिम्मेवारी सिइओ घिमिरेलाई सुम्पिएको पत्र क्यानलाई पठाएको हो ।
राखेपका सदस्यसचिव केशवकुमारबिष्टले क्यानमा निर्वाचित कार्यसमितिको कार्यकाल सकिएको र हालै गरिएको भनिएको निर्वाचनको बैधता नभएकाले दैनिक कामकारवाही सञ्चालन गर्न र यसबीचमा हुने घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि सञ्चालनमा प्रभाव पर्न नदिन अर्को निर्देशन नहुँदासम्म आइसीसी र एसीसीसँग समन्वय गरेर सिइओलाई जिम्मेवारी सुम्पिएकोे बताए ।
सदस्यसचिव बिष्टले आइसीसी र एसीसीको समेत सहमतिमा केही दिनभित्रै क्यानको नयाँ नेतृत्वको सम्बन्धमा ठोस निर्णय गर्ने पनि जानकारी गराए ।
अध्यक्ष टंक आङबुहाङ तथा अन्य पदाधिकारीहरुको असहमती र राखेपको स्वीकृती बिना नै क्यानको एउटा खेमाले केही दिनअघि साधारणसभा सम्पन्न गर्दै चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।
तर राखेपले विधि र विधान विपरीत केही ब्यक्तिले आफु खुसी सम्पन्न गरेको साधारणसभा र निर्वाचनको कुनै औचित्य नहुने बताउँदै आइरहेको छ । क्यानका अध्यक्ष टंक आङबुहाङलगायतका पदाधिकारीले समेत उक्त निर्वाचनलाई बहिष्कार गरेका थिए ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.