Responsive Ad Slot

ताजा समाचार

latest

साफ च्याम्पियनसिप उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने

Jan 1, 2016

/ by Unknown

पुस १७ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने भएका छन् ।
भारतको केरलामा भएको सेमिफाइनलमा भारतले माल्दिभ्सलाई र अफगानिस्तानले श्रीलंकालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।
पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३–२ गोलअन्तरलेपराजित गर्दै भारत उपाधि नजिक पुगेको हो । अर्को सेमिफाइनल खेलमा साविक विजेता अफगानिस्तानले श्रीलंकालाई ५–० को विशाल गोल अन्तरले पराजित गर्‍यो । पहिलो हाफमा १–० ले पछि परेको श्रीलंकाविरुद्ध अफगानिस्तानले दोस्रो हाफमा लगातार ४ गोल गर्‍यो ।
यसैबीच, अफगानिस्तानका लागि यो अन्तिम साफ च्याम्पियनसिप हो । आगामी वर्षहरुमा अफगानिस्तानले दक्षिण एशिया छोडी मध्य एशीयाली समुहबाट खेल्नेछ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat