साफ च्याम्पियनसिप उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने


पुस १७ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने भएका छन् ।
भारतको केरलामा भएको सेमिफाइनलमा भारतले माल्दिभ्सलाई र अफगानिस्तानले श्रीलंकालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।
पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३–२ गोलअन्तरलेपराजित गर्दै भारत उपाधि नजिक पुगेको हो । अर्को सेमिफाइनल खेलमा साविक विजेता अफगानिस्तानले श्रीलंकालाई ५–० को विशाल गोल अन्तरले पराजित गर्‍यो । पहिलो हाफमा १–० ले पछि परेको श्रीलंकाविरुद्ध अफगानिस्तानले दोस्रो हाफमा लगातार ४ गोल गर्‍यो ।
यसैबीच, अफगानिस्तानका लागि यो अन्तिम साफ च्याम्पियनसिप हो । आगामी वर्षहरुमा अफगानिस्तानले दक्षिण एशिया छोडी मध्य एशीयाली समुहबाट खेल्नेछ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.