चेल्सीले क्रिष्टल प्यालेसलाई ३-० ले हरायो

पुस २० । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार राती भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३-० ले हराएको छ ।
क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ओस्कार, विलियन र डिएगो कोष्टाले एक एक गोल गरे ।
जितपछि चेल्सी इङ्गलिस प्रिमियर लिगफुटबल प्रतियोगिताको १४ औं स्थानमा प्रवेश गरेको छ । पराजित टोली क्रिष्टल प्यालेस भने सातौं स्थानमा झरेको छ ।
प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको अर्को खेलमा एभर्टन र टोटनह्याम हट्सपरले १-१ गोलको बराबरी खेलेका छन् । खेलमा एभर्टनका आयरन लेननले पहिलो गोल गरेपनि टोटनह्यामका डेले अलीले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।
प्रिमियर लिग फुटबलमा २० चरणका खेलहरुको समाप्तीपछि ४२ अंकसहित आर्सनल शिर्ष स्थानमा रहेको छ । समान खेलबाट ४० अंक जोडेको लेष्टर सिटी दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानको म्यान्चेस्टर सिटीको ३९ अंक छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.