आहा रारा कप गोल्डकपमा दर्शकलाई सुनको सिक्का दिइने


पुष २०।  सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ५ देखि १६ गतेसम्म १४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा ३ विदेशी सहित १२ टिम सहभागी हुने आयोजक सहारा क्लवले जनाएको छ ।
सहारा क्लबका अध्यक्ष बीरभद्र आचार्यका अनुसार प्रतियोगितामा आयोजक सहाराक्लब, तीन वटा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्बल र नेपाल पुलिस क्लबका साथै लिग विजेता थ्रीस्टार क्लब, लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्गदी क्लव, भापा ११, नव जनजागृति युवा क्लब सिमरा र जावलाखेल युथ क्लबले प्रतियोगितामा भाग लिँदै छन् ।
यस्तै, भारत, भुटान र बंगलादेशका टोली पनि प्रतियोगितामा सहभागी हुने आचार्यले जानकारी दिए ।
यसवर्ष प्रतियोगित हेर्न आउने दर्शकलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता अवधिमा दर्शकहरु मध्येबाट एक जनालाई गोला प्रथाद्वारा १ तोला सुनको सिक्का प्रदान गरिने जनाइएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.