फुटबल, विजेतालाई तीन लाख

माघ १५ । गत वैशाख १२ को विनाशकारी भूकम्पमा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा फुटबल प्रतियोगिता हुने भएको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान, मकवानपुरले भोम्जनको स्मृतिमा हेटौंडामा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्र्रतियोगिता आयोजना गर्न लागेको हो । आगामी फागुन १ गतेदेखि ८ गतेसम्म हुने प्रतियोगितामा६ नेपाली क्लबसहित भारत र भुटानका १–१ गरी कुल ८ टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टोलीले तीन लाख रुपैयाँ जित्ने छ भने उपविजेताले १ लाख रुपैयाँ हात पार्नेछ । वैशाख १२ को भूकम्पमा परी गोरखापत्र दैनिकका खेलकुद पत्रकार सुमन भोम्जनको निधन भएको थियो । 

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.