यु–१९ विश्वकप क्वाटरफाइनलमा नेपाल र भारत

माघ १६ । नेपाल आइसीसी यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समुह डी मा लगातार दोस्रो जित दर्ता गर्दै नेपाल र भारत प्रतियोगितको क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
समुहको पहिलो खेलमा न्युजिल्याण्डलाई पराजित गरेको नेपालले आज आयरल्याण्डलाई पराजित गरेको हो । त्यस्तै भारतले पहिलो खेलमाआयरल्याण्डलाई पराजित गरेको थियो भने आज न्युजिल्याण्डलाई पराजित गरेसँगै समुहको अन्तिम खेल खेल्नु अगावै नेपालसँगै भारत पनि क्वाटरफाइनल पुगेको हो ।
लगातार दुई खेलमा पराजय बेहोरोसँगै आयरल्याण्ड र न्युजिल्याण्ड भने समुह चरणबाटै बाहिरिएका छन् ।
हालसम्म अन्डर नाइन्टिन विश्वकपको सात वटा संस्करण खेलेको नेपालले दोस्रो पटक क्वाटरफाइनलमा स्थान बनाएको हो । यसअघि सन् २००० मा पहिलो पटक अन्डर नाइन्टिन विश्वकपमा सहभागी हुँदा नेपाल क्वाटरफाइनल पुगेको थियो ।
अन्डर नाइन्टिन विश्वकपको दोस्रो चरणमा स्थान बनाउने नेपाल एकमात्र एसोसियट राष्ट्र हो ।
पहिलो खेलमा न्युजिल्याण्डलाई स्तब्ध पारेको नेपालले आज आयरल्याण्डलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै लगातार दोस्रो जित दर्ता गर्‍यो । 
बंगलादेशको फतुल्लाहको खान शाहेव रंगशालामा आयरल्याण्डले प्रस्तुत गरेको १३२ रनको बिजयी लक्ष्य नेपालले २५ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका लागि योगेन्द्र कार्कीले सर्वाधिक नटआउट ६१ रनको योगदान गर्दा आरिफ सेखले ३१ तथा सुनिल धमलाले २८ रन जोडे ।
यसअघि ओपनर सन्दिप सुनार पहिलो बलमै डक आउट भएपछि नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । तर त्यसपछि सम्हालिएको प्रदर्शन गर्दै नेपालले शानदार जित दर्ता गरेको हो ।
खेलमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । नेपाली बलर सन्दिप लामिछानेले ह्याट्रिकसहित कुल ५ विकेट लिएपछि आयरल्याण्ड सस्तैमा समेटिएको थियो ।
सम्हालिएको सुरुवात गरेको आयरल्याण्डले पहिलो विकेट ३९ रनमा गुमाएको थियो तर नेपाली बलरहरुले त्यसपछि सनसनीपूर्ण खेल प्रस्तुत गरे । ४८ रनमा ३ विकेट गुमाईसकेको आयरल्याण्डले त्यसपछि सम्हालिने कोशिश गरेको थियो तर ३२ औं ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिँदै सन्दिप लामिछानेले ह्याट्रिक गरेपछि आइरिस इनिङ ध्वस्त भएको थियो ।
३९ औं ओभरमा ९२ रन बनाउदा ८ विकेट गुमाइसकेको आयरल्याण्डले त्यसपछि धैर्यता देखाउँदै पुरा ५० ओभर खेलेको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले थप १–१ विकेट लिए ।
सन्दिप लामिछाने अन्डर नाइन्टिन विश्वकपमा ह्याट्रिक पुरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि अविनाश कर्णले यो सफलता पाएका थिए ।
समुहको अन्तिम खेलमा सोमबार नेपाल र भारत भिड्दै छन् । सन् २००० मा पहिलो पटक अन्डर नाइन्टिन विश्वकपमा सहभागी हुँदा क्वार्टरफाइनल पुगेको नेपालले त्यसपछिको संस्करणमा त्यस्तो उपलब्धि दोहोर्‍याउन सकेको छैन ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.