लास पालमसको पोष्टमा एथ्लेटिको मड्रिडको ३ गोल

माघ ४ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड विजयी भएको छ ।
एथ्लेटिको मड्रिडले लास पालमसलाई ३–० ले हराएको हो । खेलको १७ औं मिनेटमा फिलिपे लुइसले गोल गर्दै एथ्लेटिकोलाई सुरुआती अग्रता दिलाए ।
दोस्रो हाफको ६८ र ८९ औंमिनेटमा एन्टोन ग्रिजम्यानले दुई गोल गरेपछि एथ्लेटिकोले पराकिलो जित निकालेको हो । जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २० खेलबाट ४७ अंक भएको छ । समान खेलबाट १९ अंक जोडेको लास पालमस १६ औं स्थानमा छ ।
आइतबार राति नै भएका अन्य खेलमा गेटाफेले स्पानियोललाई ३–१ ले हरायो भने भ्यालेन्सिया र रायोभालेकानोले २–२ को बराबरी खेलेका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.