माघ ४। आइसीसी यू-१९ विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली टोलीको विदाई तथा सम्मान गरिएको छ । वैशाख १२ को ठुलो भुकम्पपछि विभिन्न समस्यामा परेकाहरुलाई स्थापित गर्ने उद्देश्यले स्थापना गरिएको वि विल राइज फाउन्डेसनले खेलाडीहरुलाई सम्मान गरेको हो ।
नेपालले अक्टोबरमा मलेसियामा भएको आईसीसी यू-१९ विश्वकप छनोट जितेको थियो । त्यो संगै नेपाल सातौं पटक आईसीसी यू-१९ विश्वकपमा छनोट भएको थियो ।
छनोट प्रतियोगिता जितेको र विश्वकप खेल्न जान लागेको नेपाली टोलीलाई वि विल राइज फाउन्डेसनले नगद सम्मानसहित विदाई गरेको हो ।
१७ खेलाडी तथा ६ अफिसियललाई जनही १० हजार सहित आइतबार आयोजित प्रतियोगितामा सम्मान गरिएको थियो । सम्मानित हुनेमा खेलाडीतर्फ कप्तान राजु रिजाल, उपकप्तान आरिफ शेख, सुनिल धमला, सन्दिप सुनार, शंकर राना, योगेन्द्र कार्की, राजवीर सिंह, दीपेन्द्र ऐरी, सौरभ खनाल, प्रेम तामाङ, सुशील कँडेल, ललितनारायण राजवंशी, दीपेश श्रेष्ठ, कुशल भुर्तेल, सन्दिप लामिछाने, इशान पाण्डे, हिमांशु दत्त छन् ।
त्यस्तै अफिसियलमा प्रशिक्षक जगत टमाटा, सहयाक प्रशिक्षक विनोद दास, कम्पयुटर एनालिस्ट, फिजियो दिनेश भट्ट तथा व्यवस्थापकमा धीरेन्द्र साउद र सुदिप शर्मा छन् ।
देश अप्ठयारो परिस्थितिमा रहेको समयमा पनि यू-१९ क्रिकेटले प्रेरणादिने कार्य गरेकाले सम्मान गरिएको वि विल फाउन्डेसनका निर्देशक सुवाष ढकालले जनाए ।

Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.