Responsive Ad Slot

ताजा समाचार

latest

तेक्वान्दोबाट तीन महिला खेलाडी १२ औं सागका लागि छानिए

Jan 6, 2016

/ by Unknown
पुस २२  । भारतमा यही माघ २३ गतेदेखि हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि तेक्वान्दो खेलाडीहरु छनोट हुने क्रम जारी छ ।
यसैक्रममा तीन महिला खेलाडी आयशा शाक्य, यानकुमारी चौलागाईँ र रेजिना कार्की छनोट भएका छन् । आ–आफ्नो तौलसमूहमा पहिलो भएका खेलाडी सागका लागि सोमबार छनोट भएका हुन् ।
ललितपुरकोसातदोबाटोमा जारी छनोट प्रतियोगिताको ६२ केजीमुनि १० औं सागकी रजत तथा ११ औं सागकी स्वर्ण विजेता राष्ट्रिय टिमकी आयशा शाक्यले फाइनलमा सशस्त्र प्रहरीकी संगीता बस्याललाई ८–१ ले पराजित गर्दै लगातार तेश्रो पटक सागमा सहभागिता पक्का गरिन् ।
४९ केजीमुनि नेपाली सेनाकी यानकुमारी चौलागाईंले फाइनलमा नेपाल प्रहरीकी सीता तामाङलाई हराइन् । ११ औं सागकी कास्य विजेता यानकुमारी ११–२ ले विजयी भइन् । ४६ केजीमुनि प्रहरीकी रेजिना कार्की छनोट भइन् । सागमा ‘डेब्यु’ गर्न लागेकी रेजिनाले पश्चिमाञ्चलकी सरिता श्रेष्ठलाई १–० को झिनो अन्तरले पाखा लगाइन् ।
पुरुषतर्फका सबै ८ स्पर्धामा सेमिफाइनल खेल सकिएका छन् । अन्तिम दिन आज ८ पुरुष र २ महिला गरी १० खेलाडीको टुंगो लाग्ने छ ।
सागमा तेक्वान्दोबाट ८ पुरुष र ५ महिला गरी १३ खेलाडी सहभागी हुने छन् । ७२ पुरुष र ४५ महिला गरी १ सय १७ खेलाडी छनोटमा सहभागी छन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat