साग गेममा नेपालको खातामा ऐलेसम्म एक स्वर्ण र १२ रजतसहित ३२ पदक


माघ २७ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले बुधबारसम्म एक स्वर्ण पदक र १२ रजत पदकसहित ३२ पदक जितेको छ ।

उसु खेलाडीहरु हरिप्रसाद गोले, सविता राई, झरना गुरुङ, जुनी राई, विन्दु पुन मगर र राजेश चौधरीले रजत पदक जितेका छन् ।

त्यस्तै, एथ्लेटिक्स खेलाडी केसरी चौधरीले कास्य पदक जितेकी छन् । महिलातर्फको ट्रिपलजम्मा उनले कास्य जितेकी हुन् ।

नीमा घर्ती पुनको एकमात्र स्वर्ण पदकको मद्दतले नेपालले १२ रजत र १९ कास्यसहित पदकको संख्या ३२ पुर्‍याएको हो ।

उसुमा नेपालले कुल १ स्वर्ण, १० रजत र १ कास्य पदक जित्दै साग यात्रा टुंगाएको छ ।

ब्याडमिन्टन खेलाडी नङ्सल तामाङले महिला एकलमा कास्य जितेकी छन् । उनी सेमिफाइनलमा बुधबार भारतीय खेलाडीसँग पराजित भइन् ।
त्यस्तै, स्क्वासको महिला टिम इभेन्टमा नेपालले बुधबार कास्य जितेको छ । चार राष्ट्रले सहभागिता जनाएको महिला टिभ इभेन्टमा नेपालले कुनैपनि राष्ट्रसँग जित हात पार्न सकेन ।दुई टिमलाई कास्य दिने प्रावधान भएकाले नेपालले कास्य पदक पाएको हो ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.