Responsive Ad Slot

ताजा समाचार

latest

सागमा आज नेपालले बंगलादेशको सामना गर्ने

Feb 11, 2016

/ by Unknown
माघ २८ । १२ औं सागको पुरुष फुटबलअन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल भारतको गुवाहाटीमा दिउँसो सवा दुई बजेपछि हुनेछ ।
समूहको एक खेलअघि नै सेमिफाइनलमा स्थान बनाएको नेपाल यस खेलमा विजयी भए वा बराबरी गर्न सके समूह ‘बी’ को विजेता बन्ने छ । सहभागी ६ टोलीलाई दुई समूहमाविभाजन गरिएकोमा नेपाल बंगलादेश र भुटानसहित समूह ‘बी’ मा छ ।
समूह ‘ए’ मा भारत, माल्दिभ्स र श्रीलंका छन् । नेपालले यसअघि भएको खेलमा भुटानलाई ५–० ले हराएको थियो । समूह ‘ए’ बाट माल्दिभ्स समूह विजेता तथा भारत उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat