फागुन ३ । वेस्ट इन्डिजले पहिलो पटक ‘यु–१९ विश्वकप क्रिकेट’ को उपाधि हासिल गरेको छ । फाइनलमा भारतलाई पराजित गर्दै वेस्ट इन्डिजले उपाधि हासिल गरेको हो ।
आइतबार भएको फाइनलमा टस जितेर पहिलो क्षेत्ररक्षण रोजेको वेस्ट इन्डिजले भारतलाई ४५ ओभर एक बलमै ‘अल आउट’ गर्दै १४५ रनमा सीमित गर्यो।
भारतका लागि सरफराज खानले अर्द्धशतकीय पारी खेल्दै सर्वाधिक ५१ रन बनाएका थिए । त्यस अतिरिक्त राहुल बाथमले २१ र महिपाल लोमरोरले १९ रन बनाए पनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बरु भारतले अतिरिक्त रनका रुपमा वेस्ट इन्डिजबाट २३ रन पाएको थियो ।
भारतलाई सस्तैमा समेट्ने क्रममा वेस्ट इन्डिजका लागि अल्जारी जोसेफ र रियान जोनले तीन–तीन विकेट लिए । त्यसैगरी किमो पाउलले दुई, चिमार होल्डर र शमार स्प्रिङ्गरले एक–एक विकेट लिए ।
१४६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएका वेस्ट इन्डिजले पाँच विकेटको क्षतिमा ४९ ओभर तीन बलमा लक्ष्य पुरा गरेको हो । उसका लागि किसी कार्टीले ५२ र किमो पाउलले ४० रन बनाए । दुबै ब्याट्सम्यान अविजित रहे । त्यस्तै शिमरोन हेटमेयरले २३ र टेभिन इमलाचले १५ रन बनाएका थिए ।

Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.