नेपाल फिफा वरीयतामा ८ स्थान उक्लियो

माघ २२ । विश्व फुटबल संघ (फिफा)ले जारी गरेको नयाँ वरीयताक्रममा नेपाल ८ स्थान माथि उक्लिँदै १ सय ८८औं स्थानमा पुगेको छ ।

फिफाले फ्रेबुअरी महिनाका लागि विहीबार सार्वजानिक गरेको वरीयताक्रममा नेपालले ८ स्थान सुधार गरेको हो । बंगलादेशमा केहीअघि सम्पन्न बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता जितेको नेपालको सोहि प्रतियोगितामागरेको प्रदर्शनका कारण वरीयतामा सुधार भएको हो । पछिल्लो समय एकपछि अर्को खराब नतिजा निकाल्दै नेपाल फिफा वरीयतामा इतिहासकै सबैभन्दा खराब १ सय ९६औं स्थानमा पुग्दै दक्षिण एसियाकै पुछारमा रहेको थियो ।

नयाँ वरीयताक्रममा नेपाल पुछारबाट दक्षिण एसियाको दोस्रो स्थानमा उक्लेको छ । १ सय ५४औं स्थानमा रहेको अफगानिस्तान दक्षिण एसियाको शीर्ष स्थानमा छ । यस्तै, वरीयताको शीर्ष स्थानमा बेल्जियमले कब्जा जमाउदा अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो, जर्मनी चौंथो र चिली पाँचौ स्थानमा रहेका छन् । 

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.