Responsive Ad Slot

ताजा समाचार

latest

आर्मीलाई स्तब्ध पार्दै सशस्त्र फाइनलमा

Feb 5, 2016

/ by Unknown
माघ २२  । सशस्त्र प्रहरीको एपीएफ टिम इलाममा जारी माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरको छ ।

विहीबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै सशस्त्र उपाधि नजिक पुगेको हो ।

सशस्त्रले सेमिफाइनलमा आर्मीमाथि ४–१ गोलको सनसनीपूर्ण जित दर्ता गर्‍यो ।सशस्त्रको जितमा प्रविण स्याङ्तान, निरज श्रेष्ठ, श्याम नेपाली र टोप बिस्टले एक–एक गोल गरे ।

खेलमा आर्मीका पदम तामाङले एक सान्त्वना गोल फर्काए ।

सशस्त्र अब उपाधिका लागि आगामी शनिबार झापा–११ सँग भिड्नेछ । 

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat