आईपिएलमा गुजरातको पराजय

वैशाख १० । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल) मा गुजरात लायन्सले पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा गुजरातलाई सनराईजर्स हैदरावादले १० विकेटको फराकिलो अन्तरले हराएको हो ।
खेलमा पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो । गुजरातका लागि सुरेश रैनाले ७५ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले स्तरीय खेल देखाउन सकेनन् ।
बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमारले ४ विकेट लिए ।
जवाफमा १३६ रनको सामान्य चुनौती हैदरावादले १५ औं ओभरमा विना कुनै विकेटको नोक्सानीमा पुरा गर्‍यो । हैदरावादको जितमा सुरुवाती ब्याट्सम्यानहरु डेभिड वार्नरले अविजित ७४ रन तथा शिखर धवनले अविजित ५३ रनको योगदान दिए ।
आईपिएल क्रिकेटमा आज राति महेन्द्र सिंह धोनीको राईजिङ पुने सुपरजाईन्ट्स र विराट कोहलीको रोयल च्यालेन्जर्स बैङ्लोर भिड्नेछन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.