Responsive Ad Slot

ताजा समाचार

latest

सातौ ब्ल्याक बेल्ट तथा चौथो डान ग्रेडिङ्ग सम्पन्न

May 2, 2016

/ by Unknown

निक बिस्ट इटहरी,
बैशाख २० गते  । राष्ट्रिय तेक्वान्दो संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्य  समितिको आयोजनामा इटहरीमा दुई दिनसम्म सञ्चालन भएको क्षेत्रीयस्तरको सातौ ब्ल्याक बेल्ट प्रथम तथा चौथो डान ग्रेडिङ्गमा कार्यक्रममा सहभागि भएका खेलाडीहरुको छनौट गरी खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
      ग्रेडिङ्गमा सहभागि भएका खेलाडीहरुमध्ये २४ जनाले प्रथम डान तथा १३ जना खेलाडीहरुले तेस्रो तथा चौथो डानको उपाधी प्राप्त गरेका छन । उनीहरुलाई पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले प्रमाणपत्र वितरण गरेका थिए ।
      सोही समारोहमा क्षेत्रीय अध्यक्ष नगरकोटीले पूर्वी नेपालका विभिन्न जिल्लाका तेक्वान्दो प्रशिक्षकहरु पिताम्वर पौडेल, सूर्य दङ्गाल खेमराज कार्की दिनेश गिरी दिनेश पौडेल सविन राई इच्छा घले लगायतलाई ट्रयाकसुट प्रदान गरेका थिए ।
            सोही अवसरमा राष्ट्रिय तेक्वान्दो सङ्घका केन्द्र्रिय उपाध्यक्ष हरिवहादुर बुढाथोकीले विश्वका ख्यातिप्राप्त र धनी देशका खेलाडीहरुलाई समेत जित्ने भनेको खेलमामात्र भएकाले यो खेलकुदलाई सवैले ब्यक्तित्व विकाससँगै स्वास्थ्य र राष्ट्रिय गौरवका रुपमा लिन आवश्यक रहेको बताए ।
      क्षेत्रीय छनौट समितिका संयोजक कृष्ण बास्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका इटहरी उपमहानगरपालिका अध्यक्ष रेवती घिमिरे तेक्वान्दोका मोरङ्ग अध्यक्ष पिताम्वर पौडेल लगायतको सहभागिता रहेको थियो ।  

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat