Responsive Ad Slot

ताजा समाचार

latest

हैदरावादलाई पराजित गर्दै कोलकाता ‘प्ले अफ’मा

May 23, 2016

/ by Anonymous
जेठ ९ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार साँझ सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गर्दै ‘प्ले–अफ’ मा स्थान सुरक्षित गरेको छ ।
हैदरावाद यसअघि नै प्ले–अफमा पुगिसकेको थियो ।
पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । कोलकाताका लागि युसुफ पठानले सर्वाधिक ५२ रन बनाए । त्यसैगरी मनिष पाण्डेले ४८, रोविन उथप्पाले २५ र गौतम गम्भीरले १६ रन बनाए ।
१७२ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १४९ रनमात्र बनाउन सक्यो । हैदरावादका लागि शिखर धवनले ५१ रन बनाए भने अन्य ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेनन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat