Responsive Ad Slot

ताजा समाचार

latest

मुख्यसचिवको टिमद्वारा 'प्रधानमन्त्री–११' पराजित

May 30, 2016

/ by Anonymous
जेठ १७  । गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री– ११ र मुख्यसचिव– ११ बीच आयोजित मैत्रीपूर्ण फुटबलमा मुख्यसचिवको टिम विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मुख्य–सचिव टिमले प्रधानमन्त्री टिमलाई ३–२ गोलले पराजित गरेको हो ।
निर्धारित ६० मिनेटको खेलमा मुख्य–सचिवको तर्फबाट सिचाईं मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २ तथा लोकसेवा आयोगका सचिव माधव रेग्मीले १ गोल गरे ।
प्रधानमन्त्रीको टोलीबाट कानूनमन्त्री अग्नि खरेल र श्रम तथा रोजगार मन्त्री दीपक बोहराले १–१ गोल गरे ।
प्रधानमन्त्री ११ टोलीमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्रीद्वय भीमबहादुर रावल, टोपबहादुर रायमाझी, मन्त्री शक्तिबहादुर बस्नेत, एकनाथ ढकाल, सत्यनारायण मण्डल, सोमप्रसाद पाण्डेय, शेरधन राई, गणेशमान पुनलगायत थिए ।
त्यसैगरी मुख्यसचिव ११ टोलीमा मुख्यसचिव डा सोमलाल सुवेदीसहित, सचिवहरु चन्द्रकुमार घिमिरे, टङ्कमणि शर्मा, सूर्यप्रसाद सिलवाल, नारायणगोपाल मलेगो, लक्ष्मणप्रसाद मैनाली, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठ लगायत थिए ।
झन्डै पूरै समय मैदानमा बिताएका प्रधानमन्त्री ओलीले मैत्रीपूर्ण भएकाले हारजितले महत्व नराखेको बताए । ‘खेल रमाइलो भयो, यसले नेतृत्व गर्न सिकायो, स्वस्थ रहन सिकायो, मुख्य कुरा गणतन्त्र दिवस मनाइयो,’ उनले भने ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat