Responsive Ad Slot

ताजा समाचार

latest

एलान पुलिडो अपहरित

May 30, 2016

/ by Anonymous
जेठ १७ । मेक्सिकोका फुटबल खेलाडी एलान पुलिडो अपहरणमा परेका छन् । उत्तरी राज्य  तमौलिपास राज्यबाट फुटबलर पुलिडो अपहरणमा परेको जनाइएको छ ।
गत शनिवार राती आफ्नै गृहनगर सिउडाडमा एउटा पार्टी सकाएर घर फर्कीने क्रममा उनलाई हतियारसहितका नकाबधारीहरुले अपहरण गरेको बताइएको छ ।
मेक्सिकोको उक्त राज्य विश्वमै अपरहण दर उच्च भएको ठाँउ मानिन्छ । फुटबलर पुलिडोको अपरहण्को कारण खुल्न सकेको छैन ।
ग्रिसको फुटबल क्लव ओलम्पियाकोसबाट व्यावसायिक फुटबल खेल्दै आएका पुलिडोले मेक्सिकोको राष्ट्रिय टोलीबाट समेत केही खेल खेलिसकेका छन् ।
गत सिजनमा ओलम्पियाकोसबाट १५ खेल खेलेका स्ट्राईकर पुलिडोले ६ गोल गरेका थिए । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat