Responsive Ad Slot

ताजा समाचार

latest

प्रारम्भीक तहमै खेलकुद शिक्षाः नेपाल

May 31, 2016

/ by Anonymous
जेस्ठ १८।  नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले खेल क्षेत्रको सम्मुन्नत विकासका लागि सरकारले व्यवसायिक र व्यवस्थित कार्ययोजना ल्याउनुपर्ने बताएका छन् ।
 व्यवसायीक खेलाडी उत्पादनका लागि प्रारम्भीक तहमा नै खेलकुद शिक्षा समावेश गर्नुपर्नेमा उनले जोड दिए ।
प्रथम अन्तराष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको सोमबार राजधानीमा उदघाटन गर्दै नेता नेपालले खेलको सम्मुन्नत विकासका लागि बजेटका साथै कार्ययोजना महत्वपूर्ण हुने बताए ।
सुस्त कार्यशैलीका कारण आफूले २०६६ सालमा शिलान्यास गरेको हेटौंडाको राष्ट्रिय खेलकुद प्रतिष्ठान अझैसम्म पनि सम्पन्न गर्न नसकिएको उनले उल्लेख गरे ।
प्रथम अन्तराष्ट्रिय वादोरियो कराँते प्रतियोगिता मंगलबारसम्म चल्ने छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat