क्रोएसियाले चेक रिपब्लिकसँग अंक बाँड्यो

असार ४।  समर्थकको अवरोध र फ्लेयर्स (चम्कने बस्तु) प्रहारका बीच भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग अंक बााडेको छ ।
एक घन्टाको खेलमा क्रोएसियाले २-० को अग्रता लिइसकेको थियो । तर, जोगाउन सकेन र, चेक रिपब्लिकले १४ मिनेटमा दुई गोल फर्काउँदै २-२ को बराबरी खेलेको छ ।
समर्थकको उच्छृंखल गतिविधिका कारण खेल नै अवरुद्ध र्भको थियो । ८६ औं मिनेटमा क्रोएसियाली इण्डबाट मैदानमा फ्लेयर्स प्रहार भएको थियो, जसले खेल अरुवद्ध भयो ।
खेलका क्रममा क्रोएसिया र चेक रिपब्लिकका समर्थकहरु एकआपसमा भिडेका समेत थिए । मैदानिभत्रको खेलमा भने क्रोएसिया हावी भएको थियो । र, उसैले जित्नु पर्ने खेल थियो ।
खासगरी मिडफिल्डर राकिटिकद्वय र लुका मोडरिकले क्रोएसियाको आक्रमा सम्हालेका थिए । चेक रिपब्लिकले पहिलो हाफमा एउटा पनि गोल प्रयास समेत गर्न सकेको थिएन ।
३७ औं मिनेटमा इन्टर मिलानका विंगर पेरिसिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए । ५९ औ मिनेटमा राकिटिकले अग्रता दोब्बर पारे ।
तर, चेक खेलमा फर्कन सफल भयो । सब्सिच्युट स्कोडाले गोल गर्दै चेक रिपब्लिकको आश जगाए । ८९ औं मिनेटमा पाएको पेनाल्टीमा नेसिडले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.