असार ४। रियो ओलम्पिक- २०१६ मा वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेकी तेक्वान्दो खेलाडी निशा रावल शुक्रबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेकी छन् ।
ब्राजिलको रियो द जेनेरियोमा अगष्ट ५ देखि २१ तारिखसम्म चल्ने ओलम्पिकको तयारीका लागि निशा प्रशिक्षक जा हो लिसंगै कोरिया प्रस्थान गरेकी हुन् । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा चीनको होहोटमा जुन २० देखि २६ तारिखसम्म सञ्चालन हुने क्योरोगी तथा पुम्सेको विभिन्न निणर्ायक रिप|mेसर कोर्षमा सहभागी हुने तेक्वान्दो टोलीलाई पनि बिदाइ गरिएको थियो ।
कोर्षमा टार्जन सुब्बा, नवीनकुमार श्रेष्ठ, हीराबहादुर थापा, मीन न्यौपाने, नोर्बु लामा, बद्रीप्रसाद घिमिरे, दीपक विष्ट, दिनेश श्रेष्ठ, भीमलाल श्रेष्ठ, अर्जुनभक्त राई, अर्जुन केसी, विश्वराज राई, कविराज नेगी लामा तथा मीनु कार्की सहभागी हुने छन् ।

Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.