Responsive Ad Slot

ताजा समाचार

latest

हजुरआमा गुमाएको पीडा भुल्दै डि मारिया मैदान उत्रिए र गोल गरे

Jun 8, 2016

/ by Unknown
जेस्ठ २६। बनेगोको गोलसँगै अर्जेन्टिनाले चिलीविरुद्ध दुई गोलले अघि हुँदा पनि दर्शकहरुले मेस्सी, मेस्सी भन्दै हुटिङ गर्न छाडेनन् । तर, वास्तवमा त्यहाँ एन्जल डि मारियाको नाम आउनु पथ्र्यो ।
कोपा अमेरिका अन्तरगत चिलीविरुद्धको खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर मेस्सी बेन्चमा रहेपछि उनको स्थान निकोलस गेइटानले लिने चर्चा थियो । तर, खेलमा पीएसजीका विंगर मारिया छाए । उनले एक गोल गरे भने अर्को गोलका लागि पास मिलाइदिएका थिए ।
खेलपछि अन्तरवार्ताका क्रममा मारिया निकै भावुक बने । खेल सुरु हुनु केही बेर अघि मात्र उनका हजुरआमाको निधन भएको थियो ।
तर, डि मारियाले हजुरआमा गुमाउँदाको पीडालाई भुलेर अर्जेन्टिनाका लागि खेले । उनले गोल गरेपछि देखाएको टिसर्टमा लेखिएको थियो, हजुरआमा म तपाईलाई सम्झिरहने छु ।’
हजुरआमा गुमाएको अवस्थामा पनि देशका लागि खेल्नुको कारण सुनाउँदै अर्जेन्टिनी विंगर डि मारियाले भनेका छन्, ‘मैले नेशनल टिमबाट खेल्दा हजुरआमा गर्व गर्नुहुन्थ्यो ।’
खेलमा अर्जेन्टिनाले डिफेण्डिङ च्याम्पियन चिलीलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat