Responsive Ad Slot

ताजा समाचार

latest

अर्जेन्टिनाको सुखद सुरुवात

Jun 8, 2016

/ by Unknown

जेस्ठ २६।  डिफेण्डिङ च्याम्पियन चिलीलाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका कप फुटबलमा विजयी सुरुवात गरेको छ ।
मंगलबार विहान भएकोमा आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । र, उसले अघिल्लो संस्करणको फाइनलमा ब्यहोरेको हारको बदला लिएको छ । अर्जेन्टिनालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै चिलीले कोपा अमेरिकोको उपाधि जितेको थियो ।
क्लालिफोर्नियामा भएको खेलमा अर्जेन्टिना स्टार स्ट्राइकर लिओनल मेस्सी विना मैदान उत्रिएको थियो ।
उसले ५१ औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लियो । त्यसको ८ मिनेटपछि नै मारियाको पासमा बेनेगाले गोल गरे ।
खेलको अन्तिम मिनेटमा चिलीले गोल गरेपनि हार टार्न सकेन र अर्जेन्टिना २-१ गोल अन्तरले विजयी भएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat