Responsive Ad Slot

ताजा समाचार

latest

आशिष र सरस्वतीको चुनौती समाप्त

Jun 8, 2016

/ by Unknown
 जेस्ठ २६।  सत्रौं एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालका आशिष खत्री र सरस्वती चौधरीको चुनौती समाप्त भएको छ । दुवैले आफ्नो अन्तिम स्पर्धामा २ सय मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।
भियतनामको होचिमिन्हमा आशिषले निर्धारित दूरी २३.९६ सेकेन्डमा पूरा गरेको नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले जनाएका छन् । सरस्वतीले उक्त दूरी तय गर्न २६.९१ सेकेन्ड समय खर्चिन् ।
यसअघि दुवै खेलाडीले १ सय मिटर दौडमा भाग लिएका थिए । त्यसमा आशिषले ११.५० सेकेन्ड तथा सरस्वतीले १३.११ सेकेन्डको प्रदर्शन गरेका थिए । महासचिव राजवंशीका अनुसार टोली बुधबार स्वदेश फर्किदै छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat