पानामाद्वारा बोलिभिया २-१ ले पराजित

जेठ २५ । कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत समुह डी को खेलमा पानामाले बोलिभियालाई २-१ ले पराजित गरेको छ ।
खेलको ११ औं मिनेटमै ब्लास पेरेजले गोल गर्दै पानामालाई अग्रता दिएका छन् । ५४ औं मिनेटमा बोलिभियाका हुँवा कार्लोस आक्रेले एक गोल फर्काउँदै खेललाई बराबरीमा पुर्‍याए ।
तर ८७ औं मिनेटमा ब्लास पेरेजले व्यक्तिगत दोस्रो गोल गर्दै पानामालाई विजयी गराए । जितसँगै पानामाले कठिन समुह डी बाट ३ अंक जोडेको छ ।
यही समुहको दोस्रो खेलमा आजै अर्जेन्टिना र चिली भिड्दैछन् । खेल नेपाली समय अनुसार अहिले विहान पौने आठ बजे अमेरिकाको क्यालिफोर्नियास्थित लिभाईज स्टेडियममा हुनेछ ।
अर्जेन्टिनालाई उपाधि दावेदार मानिए पनि चिली विरुद्धको खेल कठिन हने अनुमान गरिएको छ ।
लियोनल मेस्सी, सर्जियो अगुएरो, एन्जल डि मरीया, गोन्जाला हिगुवानलगायतका स्टार खेलाडीले भरिएको अर्जेन्टिना र अलेक्सिस सान्चेज, अर्टुरो भिडाललगायतका खेलाडीको चिलीबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.