Responsive Ad Slot

ताजा समाचार

latest

पानामाद्वारा बोलिभिया २-१ ले पराजित

Jun 7, 2016

/ by Unknown
जेठ २५ । कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत समुह डी को खेलमा पानामाले बोलिभियालाई २-१ ले पराजित गरेको छ ।
खेलको ११ औं मिनेटमै ब्लास पेरेजले गोल गर्दै पानामालाई अग्रता दिएका छन् । ५४ औं मिनेटमा बोलिभियाका हुँवा कार्लोस आक्रेले एक गोल फर्काउँदै खेललाई बराबरीमा पुर्‍याए ।
तर ८७ औं मिनेटमा ब्लास पेरेजले व्यक्तिगत दोस्रो गोल गर्दै पानामालाई विजयी गराए । जितसँगै पानामाले कठिन समुह डी बाट ३ अंक जोडेको छ ।
यही समुहको दोस्रो खेलमा आजै अर्जेन्टिना र चिली भिड्दैछन् । खेल नेपाली समय अनुसार अहिले विहान पौने आठ बजे अमेरिकाको क्यालिफोर्नियास्थित लिभाईज स्टेडियममा हुनेछ ।
अर्जेन्टिनालाई उपाधि दावेदार मानिए पनि चिली विरुद्धको खेल कठिन हने अनुमान गरिएको छ ।
लियोनल मेस्सी, सर्जियो अगुएरो, एन्जल डि मरीया, गोन्जाला हिगुवानलगायतका स्टार खेलाडीले भरिएको अर्जेन्टिना र अलेक्सिस सान्चेज, अर्टुरो भिडाललगायतका खेलाडीको चिलीबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat