नेदरल्यान्ड्सविरुद्ध तयारी हुन आइसीसीको निर्देशन

जेठ २५ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् नेदरल्यान्ड्सविरुद्धको खेलको तयारी थाल्न नेपाललाई निर्देशन दिएको छ ।

यसका लागि आन्तरिक संयोजन गर्ने जिम्मेवारी तत्कालीन क्रिकेट संघ नेपाल (क्यान)को प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई दिइएको छ ।

आइसीसीले गत शुक्रबार पठाएको पत्रअनुसार नेपाली क्रिकेटको विवाद समाधान नभएसम्म अन्तर्राष्ट्रियजगतसँग संयोजन गर्ने जिम्मेवारी घिमिरेलाई दिएको हो ।

नेदरल्यान्ड्सविरुद्धको दुईओटा खेलको लागि तयारी गर्ने जिम्मेवारी पनि घिमिरेलाई नै दिइएको छ ।

आइसीसीले उक्त खेलका लागि खेलाडी छनोट गर्ने जिम्मा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कालाई दिएको छ ।

पत्रबारे जानकारी छैन : विष्ट
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले भने आइसीसीले पठाएको भनिएको पछिल्लो पत्रबारे आफूलाई आधिकारीक जानकारी नभएको बताएका छन् ।

नेपाली क्रिकेटको विवाद समाधान गर्न सरोकारवाला सबै पक्षसँग प्रयास जारी राखेको बताउँदै विष्टले आवश्यक परे दुईओटै पक्षलाई छोडेर नयाँ विकल्पमा जान सकिनेसमेत बताए ।

साधारणसभाबाट चुनिएको भनिएको चतुरबहादुर चन्द नेतृत्वको क्रिकेट संघ र खेलकुद परिषदले आफूखुसी गठन गरेको तदर्थ समितिको आधिकारीकतासम्बन्धी विवाद बढ्दै जाँदा आइसीसीले नेपाल क्रिकेट संघ (क्यान)लाई विगत दुई महिनादेखि निलम्बन गरेको छ । 

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.